मोरङ । कटहरी गाउँपालिका ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवादका क्रममा आमा बातियो र बहिनी ३० वर्षीया रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीको टोलीले कुटपिट गर्ने आमा बातियो र बहिनी रितालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुवैलाई ज्यान मुद्वा दर्ता गरी थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।




















