सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एकै परिवारका ३ मृत फेला परेका छन् ।
आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
छोरा र छोरीको शव भुँईमा लडी रहेको अवस्थामा र आमाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कविताका श्रीमान रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन् ।




















