एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका ५ देशमा फैलिएको जनाएको छ ।
संगठनले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भेरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।
अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । बेलायतमा २ जनामा यो भाइरस देखि सकेको छ ।
दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएको छ ।
ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी अपनाउन संगठनले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि संगठनले जनाएको छ ।
वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।




















