पोखरा । पोखरा महानगरपालिका ३३ गगनगौंडाबाट करिब २ अमेरिकी डलर सहित मुस्ताङका १ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ९ शिवालय चोक बस्ने मुस्ताङ लो घेकर दामोदर कुण्ड गाउँपालिका १ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई प्रहरीले १ लाख ९४ हजार २०० अमेरिकी डलर सहित पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
विदेशी मुद्राको अवैध कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको संयुक्त टोलीले पोखरा महानगरपालिका ३३ स्थित काठमाण्डौंबाट पोखरातर्फ आउदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङका सम्वन्धमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।




















