चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको ५ वर्ष एमालेले देशलाई दिशानिर्देश गर्ने दावी गरेका छन् ।
चितवनको नारायणी नदी किनारमा आज भएको एमालेको १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाधिवेशनबाट अबको ५ वर्षसम्म एमालेलाई र देशलाई नै दिशानिर्देश गर्नेगरि नेतृत्व चयन गर्ने दाबी गरे ।
अबको चुनावबाट एमालेले बहुमत ल्याउने र सरकार बनाउने दाबी पनि ओलीले गरे ।
ओलीले उद्घाटन गरेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिनेछ । बन्दसत्र भने सौराहमा हुनेछ ।
उद्घाटन समारोहमा प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख र नेताले शुभकामना दिएका थिए ।




















