पाल्पा । आफ्नै ६० वर्षीया आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
रिब्दिकोट गाउँपालिका ८ पेलाचौर बस्ने ४३ वर्षीय कृष्ण सारुले आफ्ना आमा मेनु सारुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी सारुले आफ्नै आमालाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीको टोलीले कृष्ण सारुलाई पक्राउ गरेको पाल्पा प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















