एजेन्सी । भारतको पूर्वोत्तर सीमामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान भारत(म्यानमार क्षेत्रमा ६.१ रेक्टरस्केलको भूकम्प गएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
भूकम्पको क्षतिको विवरण भने आउन सकेको छैन । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार आइजलबाट लगभग १४० किलोमिटरको दुरीमा जमिनको सतहबाट १२ किलोमिटर भित्र भूकम्पको गएको हो ।
भूकम्पको धक्का बंगलादेशको चिटगाउँसम्म महसुस भएको थियो । त्यस्तै भारतको कोलकत्तामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।


