एजेन्सी । साइबेरियाको एउटा कोइलाखानीमा आगलागी हुदा कम्तिमा ५२ जनाको ज्यान गएको छ ।
खानीभित्र फसेका सबै जनाको ज्यान जान सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगो लागेपछि खानीभित्रै केही मजदुरहरु हराइरहेका त्यहाँको सञ्चार माध्यामले जनाएका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको छ ।
धुँवाका कारण धेरै जना निसास्एिका थिए । घाइते मध्ये ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको छ । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको छ ।




















