रसुवा । रसुवाको ठाडेमा पैदल हिडीरहेकाहरुलाई टाटासुमोले ठक्कर दिँदा १ जना बालिकाको ज्यान गएको छ ।
पासाङल्हामु मार्गको विदुर–धुन्चे सडकखण्डको ठाडेमा पैदल हिडीरहेका समूहलाई ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको ज्यान गएको रसुवा प्रहरीले जनाएको छ ।
रसुवा प्रहरीले दिएको जानकारी अनुसार ना. १ ज ६१७६ नम्बरको सुमोले ठक्कर दिएपछि गंभिर घाईते भएकी बालिकाको उपचारका क्रममा ज्यान गएको हो । बालिकासहित उनकी ३० फुपु वर्षीया उर्जा घले र दाजु ८ वर्षीया करन घले समेत घाइते भएको रसुवा प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिए लगत्तै दुर्घटनामा परेको सुमो सडकबाट ५० मिटर तल भीरमा खस्दा चालकसहित अन्य ४ जना पनि घाइते भएका छन् । घाईते हुनेहरुमा चालक रसुवाकै आमाछोदिङ्मो गाउँपालिकाका छिरिङदोर्जे तामाङ, सोही सुमोमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र सवारी धनी समेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि नुवाकोट लगिएको रसुवा प्रहरीले जनाएको छ ।




















