काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दैछ ।
नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान ११ः१५ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।
प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
छनोटअन्तर्गत यूएई लगातार २ खेल जित्दै ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । १–१ खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान २–२ अङ्क छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।
नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ । छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।




















