पर्वत । १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जलजला गाउँपालिका ४ निवासी २८ वर्षीय बिष्णु आचार्य रहेको पर्वत प्रहरीले जनाएको छ ।
आचार्यले आफनो मोवाईलमा अश्लिल भिडियो ती किशोरीलाई देखाई यौन दुर्ब्यबहार गर्दै एकान्त ठाउँमा लगि ती किशोरीलाई बालयौन दुरुपयोग गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा जिल्ला अदालत पर्वतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।




















