एजेन्सी । टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली जिवित महिला भएर उपाधि जित्न सफल भएकी छिन् ।
हालै गिनिज वल्र्ड रेकर्ड्सले ७ फिट ०.७ ईन्च अग्ली रुमेस्या गेल्गी नामकी ति महिलालाई यो उपाधि प्रदान गरेको हो ।
उनी अहिले सम्मकै विश्वको सबैभन्दा अग्ली जिवित महिला भएको बताइएको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । यस अघि यो उपाधि चीनकी ७.७ इन्च अगली याओ देफेन नामक महिलाले यो उपाधी कायम राखेकी थिइन् ।
याओ देफेनको ४० वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो ।
गेल्गीले यसअघि पनि आफ्नो शारिरीक उचाईकै कारण किर्तिमान कायम गरिसकेकी छन् ।
सन् २०१४ मा गिनिज वल्र्ड रेकर्डस्ले उनलाई संसारकै सबैभन्दा अग्ली किशोरीको उपाधी प्रदान गरेको थियो ।
विभर सिन्ड्रोम नामक अनौठो प्रकारको शारिरीक रोगबाट ग्रसित गेल्गीको उचाइ अप्रत्यासित रुपमा बढेको हो ।




















