प्युठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भएको प्युठानको अधिबेशनमा आफु आफु बिच मतगणनास्थलमा झडप भएको छ ।
मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा आपसी विवाद झडपमा परिणत हुदा २ जना प्रहरी सहित ७ जना घाईते भएका छन् ।
मतगणना स्थलमा टिनमा कसैले ढुँगा हानेपछि सिर्जना भएको तनाव नियन्त्रणमा लिन प्रहरील २ राउन्ड अश्रुग्यास समेत प्रहान गरेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्द रिजालले बताए ।
झडपमा परी प्रहरी जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाइते भएका छन् ।
त्यस्तै गरी कांग्रेस कार्यकर्ता कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका २ का २० वर्षीय कमल घर्ती , नौबहिनी ६ का २६ वर्षीय कुंवर पुन, २३ वर्षीय बिनोद रिजाल र प्युठान नगरपालिका ७ का खेमराज पण्डित उक्त झडपमा घाइते भएका छन् ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले कांग्रेसका दुई समूहका कार्यकर्ताको प्रदर्शनले उग्ररुप लिन थालेपछि बाध्य भएर २ राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको बताए ।
मतगणनाको क्रममा संस्थापन इतर पक्षधर बिष्णुकुमार गिरीले अग्रता लिएका थिए संगै विवाद सुरु भएको अधिवेशनको मतगणना स्थलमा तनाब उत्पन्न भएको थियो ।
घाईते सबैको उपचार भई रहेको प्रहरीले जनाएको छ ।


