एजेन्सी । मंसिर १५ अर्थात डिसेम्बर १ तारिखबाट कामदार र नेपाली बिद्यार्थीहरु अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् ।
यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली नागरिकहरूले पनि क्वारेन्टिन बिनानै अस्ट्रेलिया भ्रमण गर्न सक्ने घोषणा गरेका छन् ।
२८ खालका भिसाको पूर्ण सूची अस्ट्रेलियाली गृह मन्त्रालयको वेव साइटमा राखिएको छ ।
अस्ट्रेलिया जान खोज्ने हरेकले पूर्ण खोप लगाएको हुनुपर्ने र अस्ट्रेलिया प्रस्थान गरेको ३ दिन भित्रमा पीसीआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नाइन न्यूजले जनाएको छ ।
प्रत्येक राज्य र क्षेत्रमा अलअलग निमय भएका कारण न्यू साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियाको राजधानी क्षेत्रमा मात्र यात्रुहरुले क्वारेन्टिन विना उडान भर्न पाउने समाचारमा जनाइएको छ ।




















