काठमाण्डौं । नेपाल बजारमा साताको पहिलो दिन सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार ९४ हजार ४०० मा कारोबार भएको सुन प्रति तोला आज ९३ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ७०० ले घटेर प्रति तोला ९३ हजार ७०० मा कारोबार भइको हो ।
त्यसतै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।




















