काठमाण्डौं । राजधानी लगायत देशको सबै स्थानमा चिसो बढेसँगै प्रदूषण पनि बढेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन भनेको छ ।
अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा तापक्रम घटेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको भन्दै महाशाखाका सवैलाई सर्तकता अपनाउन भनेको हो ।
महाशाखाका अनुसार निम्न चापीय प्रणालीको असर शनिबार रातिसम्म देखिने र आइतबारबाट मौसममा सुधार हुँदै जाने जनाएको छ ।
चिसो बढ्ने संगै तुँवालोका कारण पारदर्शितमा कमी आएकोले सडक तथा हवाई यातायत क्षेत्रलाई आवश्यक सतर्कता अपनाउन मशाशाखाले सूचना जारी गरेको छ ।
आज पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।




















