एजेन्सी । ताइवानमा अमेरिकाबाट प्राप्त ६४ वटा एफ–१६भी लडाकू विमान प्रदर्शन गरीएको छ । ती विमानहरू ताइवानको पश्चिममा रहेको चिआयीमा राखिएको ताइवानी अधिकारीहरुल बताएका छन् ।
एपीले दिएको जानकारी अनुसार थप १४१ वटा एफ–१६ ए–बी जेट विमानहरू सन् २०२३ सम्ममा रेट्रोफिट गरिनेछ ।
पुरानो भएको लडाकू विमानलाई ताइवान–अमेरिका सैन्य सहकार्य अन्तर्गत अप्ग्रेड गरेर अमेरिकाले ताइवानलाई उपलब्ध गराएको हो ।
अमेरिकाले ताइवानलाई उपलब्ध गराएको उत्त लडाकु बिमानका बिषयमा कडा आलोचना गरेको छ । ताइवानलाई चीनले आफ्नो भूमि मान्दै आएको छ ।
चीनका राष्ट्रपति सी चिनपिङले केही समय अगाडी मात्रै ताइवानलाई मुख्य भूमिसँग मिलाउने बताएका थिए ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवान स्वतन्त्र हुने नहुने ताइवानी जनताको इच्छामा भर पर्ने बताए ।




















