दाङ । दाङमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका(५ मा सडक मर्मतको क्रममा जेसीबी दुर्घटना हुँदा अपरेटर (चालक) घोराही १० नारायणपुरका २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको जानकारी अनुसार पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा आज बिहान साढे चार बजेतिर रा. १ क ९१४ नम्बरको जेसीबी दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् । घुम्तीमा माटोमा भासिएर जेसीबी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
रासस




















