काठमाण्डौं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर आंशिक बदली हुनेछ ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।




















