एजेन्सी । फ्रान्सले आफ्नो देशको राष्ट्रिय झण्डा परिवर्तन गरेको छ । झण्डामा नीलो रङको स्थानमा गाढा नीलो रङ राखिएको छ । यो रङ फ्रान्सिसी क्रान्तिको प्रतीक हो ।
फ्रान्सले आफ्नो राष्ट्रिय झण्डामा यो परिवर्तन १ वर्षअघि नै गरेको भएता पनि धेरै जसो फ्रान्सेलीलाई यो जानकारी नभएको भन्दै बिरोध हुन थालेको छ ।
झण्डा परिवर्तन गरेको भन्दै राष्ट्रपति इमानुएल म्याक्रोंको कडा आलोचना भइरहेको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति नै जारी गरेर राष्ट्रपति म्याक्रोंले यो परिवर्तन सन् १९१४ मा भएको जानकारी दिएको छ ।
झण्डामा गरिएको परिवर्तनले दोस्रो विश्वयुद्धमा आफ्ना सैनिक र फ्रि फ्रान्स क्रान्तिमा भाग लिने आफ्ना स्वयमसेवकको स्मरणमा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सन् १९७६ मा तत्कालीन राष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’स्टाइंगले युरोपेली संघको झण्डासँग सामन्जस्यता मिलाउनका लागि हल्का नीलो रंग प्रयोग गरेका थिए ।




















