मुगु । गमगढी बजारमा सोमबार राति आगलागी हुदा २१ वटा घर जलेर नष्ट भएका छन् ।
जिल्ला समन्वय समितिमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्कालै पीडित परिवारलाई गाँस बाँसको व्यवस्था गर्ने निर्णय गरेको छ ।
सोमबार राति मध्यान्न १२ः०० बजेको समय भएको आगलागी मंगलरबार बिहान ६ बजेसम्ममात्र नियन्त्रणमा आएको थियो ।
आगलागीबाट रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, ठिल्ले तामाङ, झोबा तामाङ, पृथ्वीजंग शाह, सकुन्तला शाही, पुतली शाही, असल मल्ल, टासी तामाङ, गुरु तामाङ, एङग्याल तामाङलगायत २१ जनाको घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
साभार अनलाईन खबर




















