साँकेतिक तस्बिर
स्याङजा । जिल्लाको सुरुङमा आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
बिरुवा गाउँपालिका ७ सुरुङका ४२ बर्षिय हुमबहादुर थापालाई श्रीमतीलाई बञ्चरो प्रहार गरेर गंभिर घाईते बनाएपछी प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ ।
४० बर्षिया श्रीमती मिनामायाँ थापालाई हुमबहादुरले बञ्चरो प्रहार गर्दा बायाँ कुम र ढाडमा गंभिर चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते मिनामायाँलाई वालिङको प्रार्थमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछी थप उपचारको लागी पोखरा पठाईएको छ ।
घटना के कती कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरी रहेको जनाएको छ ।


