ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा रहेको ककनी मन्दिर दर्शनका लागि गएका ४ जनाको जीप दुर्घटना हुदा ज्यान गएको छ ।
ककनी मन्दिर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँमा सडकबाट खसेर दुर्घटना भएको ओखलढुङा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जीप झन्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ज्यान गुमाउने सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् ।
दुर्घटनामा परी १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठूमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको प्रहरीले पुष्टी गरको हो ।
३ जनाको घटनास्थलमा र १ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य ४ जनालाई भने हेलिकप्टरबाट काठमाण्डौ उपचारको लागी पठाइएको र ९ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


