काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट आज थप ३१७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६५३ जनाको नमूना परिक्षण गर्दा बिहीबार ३१७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये ९ हजार ६०९ जनाको पीसीआर गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा संक्रमण देखिएको हो । योसहित नेपालमा संक्रमितहरुको कुल संख्या ९ लाख ११ हजार ५५ जना पुगेको छ ।
बिहीबार नै थप २७९ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित ७ लाख ९७ हजार ५९ जना पुगेको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ६ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको संख्या ११ हजार ४६६ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















