काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले देशैभर रहेका ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ ।
कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको हो ।
प्रनाउहरुको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।




























