काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थ अन्तर्गत खाना पकाउने ग्यासको मूल्य एकै पटक ७५ रुपैयाँ बढाइएको छ ।
यससँगै १ सिलिण्डरका लागि अब १ हजार ५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
मूल्य बढेसँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ । हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।
अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।




















