काठमाण्डौं । नेपाल बार एसोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्नपुगेका ३ जना महिलालाई आज प्रहरीले पक्राउ गरेका छन् ।
अध्यक्ष श्रेष्ठको कार्यकक्षमा मंगलबार तालाबन्दी गर्न पुगेका अभियन्ता तारा बरालसहितका ३ जना महिलालाई बार कार्यालयको गेटबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले देशको न्याय क्षेत्रलाई बचाउनको लागि भन्दै तालाबन्दी गर्न कार्यकक्षमा गएको बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामा माग गर्दै बारले तिहारपछिको दोस्रोे दिन आजपनि आन्दोलन जारी राखेको छ ।
जबराले न्यायिक क्षेत्रको गरिमा राख्न नसकेको, कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेकको जस्ता आरोप लगाउदै सर्वोच्च अदातलका १९ जना न्यायाधीशसहित बार एसोसियशनले बिगत २ सातादेखी आन्दोलन गरिरहेको छ ।
कालोपट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारीहरुले दिनहुँ प्रधानन्याधिशको राजीनामा माग गर्दै धर्ना दिँदै आएका छन् ।




















