पर्सा । वीरगंज महानगरपालिका ८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित १ जना युवक पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई प्रहरीले स्रोत नखुलेको उत्त परिमाणको रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना. ४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाह उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




















