काठमाण्डौं । काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको ज्यान गएको छ ।
आइतबार राति भएको दुर्घटनामा बा. ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाकर सुन्दरीजलले जानाकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।




















