काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)को परिक्षण दर ह्वात्तै घटे संगै संक्रमण दर पनि न्यून देखिएको छ । आज आइतबार १४३ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको २ हजार ३३३ जनाको नमूना परिक्षणका क्रममा १४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये १ हजार ९८० जनामा पीसीआर परिक्षण गर्दा १४१ जना र ३५३ जनामा एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितहरुको कुल संख्या ९ लाख ९ हजार ३७५ जना पुगेको छ ।
त्यस्तै गरी आइतबार नै थप ५६३ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ३९७ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ९ जनाले ज्यान गुमाएका छन् । योसहित संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४४८ जना पुगेको छ ।
त्यस्तै गरी आइतबार सम्म देशको विभिन्न भागमा ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।





















