सल्यान । सल्यानमा आज बस दुर्घटना हुदा १२ जनाले ज्यान गुमाका छन् । ३ जनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लाने तयारी भई रहेको छ ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर तर्फ जादै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान १०ः०० बजेतिर कपुरकोट नजिक दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ९ महिला, १ बालिका, १ बालक, १ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिएका छन् । मृतक मध्ये अधिकाश भाईटीका सकेर घर तर्फ फर्कदै गरेका चेलीहरु भएको बुझन आएको छ । मृत्तक मध्ये ८ जनाको सनाखत भएको छ भने, ४ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका १२ घर भइ हाल दाङको तुलसिपुर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने, शारदा २ की ६१ वर्षीया मिना डाँगी, शारदा ३ की ६६ वर्षीया लिला बुढाथोकी तथा सल्यानको त्रिवेणी १ काभ्राकी २४ वर्षीया मिना शाही रहेकी छिन् ।
यस्तै गरी दाङको बबई ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पन्चकुलेकी ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायणपुरकी ६५ वर्षीया ईन्द्र अधिकारी र सल्यानको छत्रेश्वरी २ का २९ वर्षे तिलक ओलीको सनाखत भएको हो ।
प्रहरीले बस तीव्र गति र यात्रु संख्या धेरै भएकाले मानवीय क्षति धेरै हुन पुगेको प्रारम्भिक निष्कर्षमा पुगेको छ ।




















