मोरङ । पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।
मोरङ ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चाकल आशिष सरदारको घटना स्थलमा नै मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको हो ।
२१ वर्षीय सरदार मोरङको कटहरी गाउँपालिका ५ बासिन्दा हुन् ।
आइतबार बिहान ७ः०० बजे सरदारले चलाएको को. १२ प १६७० नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खसेको थियो ।


