ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् ।
बिरामी बोकेर धरानतर्फ गइरहेको एम्बुलेन्स शनिबार राति मैवाखोला गाउँपालिकाको मिल्केडाँडा छेउमा दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जानकारी दिएको हो ।
मृत्यु हुनेमा मैवाखोला २ की हेमकला थोप्रा रहेकी छन् । उनलाई उपचारका लागि बिपी प्रतिष्ठान लैजाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो ।
चालकसहित अन्य ६ जना सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार एम्बुलेन्स सडकबाट ५० मिटर तल खसेको छ ।




















