ललितपुर । ललितपुर महानगरपालिका १२ को मंगलबजारमा रहेको चक्रबहीको १ घरमा शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगो लाग्दा ४ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका छन् ।
त्यस्तै, लक्ष्मीकृष्णका छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकारको गंभिर अवस्थामा पाटन अस्पतालमा उपचार भैरहेको छ प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरु घरको तेस्रो तलामा म्हः पूजामा व्यस्त थिए । घरको दोस्रो तलामा बालेको दियोको आगो पहिला पर्दा सल्किएको र पछि सोही आगोका कारण सिलिण्ड विस्फोट हुँदा यस्तो दुर्घट्ना भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।




















