काठमाण्डौँ । यस वर्षको भाइटीका कात्र्तिक २० गते शनिबारका दिन परेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन पनि हो ।
नेपाल पंचाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । शुभसाइतमा टीका लगाउनु नै शुभ हुने विश्वास गरिन्छ ।
यद्यपि शुभ साइतबाहेक दिनभरि नै टीका लगाउन सकिने समितिले बताएको छ । समितिका अनुसार राज्य सञ्चालक तथा प्रमुखहरु शुभसाइतमा नै टीका लगाउनुपर्ने तर सर्वसाधारणले भने दिउँसो टीका लगाए पनि शास्त्रसम्मत नै हुने बताएको छ ।
साथै नेपालबाहिर रहेका नेपालीहरुले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण समेत गरिएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै विदेशका लागि भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
आउनुहोस हेरै बिदेशमा रहेका नेपालीहरुले टिका लगाउने साईत





















