पर्वत । महाशिला गाउँपालिका २ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेकाबाट सोही बन्दुकमा प्रयोग हुने ५०० ग्राम छर्रा, २५० ग्राम बारुद सहित पर्वत प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका १ होश्राङदी बस्ने ४५ वर्षीय राजबहादुर राना र सोही स्थानका ४० वर्षीय रेशम राना रहेका छन् ।
उक्त स्थानमा लु. ३९ प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुंखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला परे पछी दुवै जनालाई पक्राउ गरेको पर्वत प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका ब्यत्तिहरुका बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।




















