काठमाण्डौं । कुवेतमा प्रतिबन्धित गाँजा र मदिरा उत्पादन गरी बेच्ने ३ जना नेपालीको पक्राउ परेका छन् । ९० बोतल घरेलु मदिरासहित ३ जना नेपाली पक्राउ परेको कुवेत प्रहरीले सार्वजनिक गरेको हो ।
कुवेत प्रहरीले स्थानीयस्तरमा उत्पादित र आयातित ९० बोतल मदिरासहित ३ जना नेपालीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सल्मिया क्षेत्रमा नियमित गस्तीका क्रममा प्रहरीले गाडीको डिकीमा ठूलो परिमाणमा मदिरा र गाँजा फेला पारेको जनाएको छ ।
कुवेतमा भिसा अवधि सकिएर अवैधानिक भएर बसेका नेपाली घरेलु मदिरा उत्पादनको अवैध धन्दामा लाग्ने गरेकोे पटकपटक सार्वजनिक हुने गरेको छ । अवैध मदिराको उत्पादनमा नेपालीको संलग्नताले स्थानीयस्तरमा नेपाली समुदायको बदनाम भएको त्यहाँस्थित नेपाली सामाजिक तथा परोपकारी संस्थाहरुमा क्रियाशील नेपालीहरूले बताउने गरेका छन् ।
न्यून आय भएका केही मजदुरले दिनभरिको थकाइ मेटाउन नसालु पदार्थको खोजी गर्ने गरेकोे बताइएको छ ।


