बिराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ः०० बजेको लागी तय गरिएको छ। राईले ४ पार्टीबाट १–१ जना मन्त्रीलाई पनि आजै शपथ खुवाउने तयारी गरेका छन् ।




















