नवलपुर । नवलपुरको दाउन्ने उकालोमा शौच गर्न भनि गएका भारतीय महिलाको भिरबाट लेडेर ज्यान गएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको उकालोस्थित सडकको ढिक साइडमा शौच गर्न गएका बेला भारत उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्रीको आइतबार राति ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।
यूपी ७६ एसएल २५१० नबरको कारमा सवार ५ जनामध्ये शान्ति शौचका लागि सडकको ढिक साईडमा जाने क्रममा अचानक भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन ।
उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा आइतबार राती ज्यान गएको प्रहरीले जानकारी दिएको हो ।
घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




















