दमौली । तनहुँको ब्यास नगरपालिका १ को गल्फुबेशीस्थित सडकमा बिद्युत प्राधिकरणको जीपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको छ ।
नेपाल विद्युत प्राधिकरण दमौलीको को. १ ध ४० नम्बरको जीपले ग. २१ प ४९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा आइतबार राती मोटरसाइकल चालक स्थानिय १८ वर्षीय रोशन गुरुङको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी स्थानिय १८ वर्षीय रोशन घर्तीलाई दमौली अस्पताल सामान्य उपचार पछि थप उपचारका पोखरा पठाइको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाको बारेमा अनुसन्धान भई रहेको जनाएको छ ।




















