काठमाण्डौं । नेपाल प्रहरीले जुवातास खेलीरहेको अवस्थामा ६ जिल्लाबाट ७४ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ परेका ब्यत्तिहरुबाट करि १२ लाख नदग समेत बरामद भएको नेपाल प्रहरीले जनाएको छ ।
पर्वत, नवलपुर, कञ्चनपुर, दाङ, बर्दिया र कैलाली जिल्लामा गरी जुवातास खेली रहेका ७४ जना सहित उनीहरुबाट ११ लाख ७१ हजार ९१७ रुपैयाँ प्रहरीले बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्वत जिल्लाको जलजला गाउँपालिका ३ मल्लाज माझफाँट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा मोहन जिसी लगायत ८ जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट नगद ८२ हजार ६९० रुपैयाँ र तास बराम भएको पर्वत प्रहरीले जानकारी दिएको हो ।
नवलपुरको गैंडाकोट नगरपालिका १ मिलन टोल बस्ने ओम ढकालको घरमा तास खेलिरहेको अवस्थामा भिमलाल शर्मा सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ३८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५ मा बस्ने ३५ वर्षीय बुद्धि सागर शर्माको बिलियड स्नोकर एण्ड पुल एसोसियसनमा तास खेलिरहेको अवस्थामा शर्मा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ५५ हजार ७११ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका १४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिक लगायत २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ४ लाख ६४ हजार ८८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
त्यस्तै गरी बर्दियाको गुलरिया नगरपालिका ७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेको अवस्थामा रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद १ लाख ९८ हजार ५०५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साथै कैलालीको बर्दगोरिया गाउँपालिका ६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ५ बस्ने ३६ वर्षीय शुनिल चौधरी लगायत १८ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगद १ लाख ८० हहार ७५० रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई जुवातास ऐन अन्तरर्गत मुद्वा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ।




















