काठमाण्डौ । आइतबार राहदानी बनाउनेको सङ्ख्या यो वर्षको कै उच्च देखिएको छ ।
सामान्य अवस्थामा दैनिक १ हजारको हाराहारीमा राहदानी बनाउने गरेकामा हिजो एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन लिएको विभागका प्रवक्ता सरदराज अरनले जानकारी दिए ।
उनका अनुसार केही दिनयता राहदानी बनाउनेको ठुलो भीड लागेको छ । राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु भएपछी भीड नियन्त्रणकै लागि टोकनको व्यवस्था गरिएको प्रवत्ता अरनले जानकारी दिए ।
अहिले अमेरिका जानका लागि खुलेको ई–डीभीका कारण पनि राहदानी बनाउनेको भीड बढेको हुन सक्ने विभागले जनाएको छ ।
नेपालमा एमआरपी जारी हुन सुरु भएदेखी अहिलेसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी गरिएको विभागले जानकारी दिएको छ ।




















