काठमाण्डौं । लामो समय पछि राजाधानीको जमलमा रहेको रानीपोखरी खुल्ने भएको छ ।
६ वर्षपछि पहिलोपटक यसपालि भाइटीकाको दिनमा रानीपोखरी खुल्ला गर्न लागेको हो ।
भाइटीकाको दिनमा खुले पनि छठमा भने बन्द रहने काठमाण्डौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले रानीपोखरी पुनःर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाका दिन रानीपोखरी खुल्न लागेको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो वर्ष व्यवस्थित रूपमा दर्शन र टीकाको कार्यक्रम गर्ने गरी १ दिनका लागि रानीपोखरी खुला गर्न लागिएको जानकारी दिए ।
दिदीबहिनी नभएकाले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पुरयाएको थियो । त्यस पछि पुनःर्निर्माण गरिएको मन्दिर पहिलो पटक खुल्ला गर्न लागेको हो ।




















