काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्यामा दिनदिनै कमी आउन थालेको छ । आज देशैभर ४०८ जनामा संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८९९ जनाको नमूना परिक्षणको क्रममा आइतबार ४०८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमण देखिएका मध्ये ५ हजार ७३१ जनाको पीसीआर गर्दा ३७६ जना र २ हजार १६८ जनाको एन्टिजेन परिक्षढा गर्दा ३२ जनामा संक्रमण देखिएको हो । योसहित नेपालमा संक्रमितहरुको संख्या ९ लाख ७ हजार १०५ जना पुगेको छ ।
आइतबार नै थप ५१८ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित अहिलेसम्म ७ लाख ९१ हजार ७८७ जनाले कोरोना जित्न सफल भएका छन् ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ८ जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबारसम्म देशैभर ९ हजार ३७६ जना सक्रिय संक्रमित रहेका छन् ।





















