धरान । डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा सुनसरीको धरानबाट १ जना व्यक्ति पक्राउ परेका छन् ।
डिभोर्स गरिसकेकी पत्नीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले धरान नगरपािलका १५ निवासी भोजराज थापालाई पक्राउ गरेको जनाएको छ ।
इप्रका धरानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरका अनुसार पूर्वपत्नीलाई करणी गरेको उजुरीको आधारमा थापा पक्राउ परेका हुन् ।
पीडितका छोराछोरी दुवैले घटनाबारे पनि बयान दिएपछि थापालाई पक्राउ गरिएको प्रनाउ कुँवरले बताए ।
छोराछोरी अर्को कोठामा सुतिरहेको बेला पूर्व पत्नीलाई उनले जवरजस्ती गरेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण गराईसकेको छ ।




















