नवलपुर । नवलपुरको चोरमारा खण्डमा रहेको जंगलमा मोटर दुर्घटनामा परी स्थानिय १ ब्यत्तिको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका ७ चोरमारास्थित सडकमा गण्डकी प्रदेश ०४–००१ प २७४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानिय २९ वर्षीय नेत्र बहादुर मिथुन मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यविन्दुको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।




















