साँकेतिक तस्बिर
कञ्चनपुर । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० बर्षिय पुरुषलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । भिमदत्त नगरपालिका १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए । करनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।




















