कैलाली । कैलालीमा नदीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।
जिल्लाको काँडा नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका ३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँ बस्ने लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीयले नदीमा नुहाउने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको थियो ।
दुवै बालकको शव इलाका प्रहरी कार्यालय भजनीको टोलीले स्थानीयको सहयोगमा नदीबाट निकालेको थियोे ।




















