तनहुँ । आबुखैरेनी बजारको १ रेष्टुरेन्टमा कौडा खेलीरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँपालिका १ समस्तिपुर स्थित क्वीन बि रेष्टुरेन्टमा कौडा खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक प्रकाश खनाल लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरनीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद १ लाख १३ हजार १० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।




















