काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५४९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ७४६ नमूना परीक्षणका क्रममा शुक्रबार ५४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ७ हजार १४५ जनाको पीसीआर गर्दा ४९० जना र २ हजार ६०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार थप ५६९ जनाले कोरोना जित्न सफल भएका छन् । देशै भर कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार १५१ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।





















